२४ माघ २०७९, मंगलवार १८:०५
काठमाडौँ ,माघ २४
राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ ।
संघीय संसद् सचिवालय सिंहदरवारमा पदभार ग्रहण गर्दै उहाँले संघीय संसदमा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।
यसअघि राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितिमा आजै नवनिर्वाचित उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।





