२६ माघ २०७९, बिहीबार १८:२२
काठमाडौं ,माघ २६
सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताउनुभएको छ ।
आज बिहीबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको उल्लेख गनुभयो । उहाँले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको बताउनुभएको थियो ।





