२७ माघ २०७९, शुक्रबार ०८:०२
काठमाडौं ,माघ २७
साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो। बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन्।
प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए।





