चितवन ,माघ २९
ऐजुकेशन एण्ड माइग्रेसन कर्नर चितवनको बृहत शैक्षिक मेला २०२३ आज (आईतबार) सम्पन्न भएको छ । कर्नर चितवनको भवन कमलनगर चोक ,नारायणगढमा भएको ‘ शैक्षिक मेला २०२३ ’मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । शैक्षिक मेला कार्यक्रम विहान १० बजेदेखि दिउँसो ५ बजेसम्म चलेको थियो ।
कर्नरका निर्देशक सुनिल उप्रेतीले मेला उच्च शिक्षा आर्जन गर्न अमेरिका, क्यानडा, अष्ट्रेलिया र यूके जान चाहने विद्यार्थीहरूका लागि फलदायी भएको जानकारी दिनुभयो ।
शैक्षिक मेलामा विद्यार्थीहरूले बिभिन्न देशका यूनिभर्सिटीसंग आबद्ध शैक्षिक परामर्शदाताहरूबाट प्रत्यक्ष रुपमा परामर्श लिएका थिए । मेलामा सहभागिता जनाउने विद्यार्थीहरूलाई ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले आइ एल एस र पि टि इ कक्षाको निशुल्क अध्ययन गराउने जानकारी कर्नरका नितेश उप्रेतीले गराउनुभयो । मेला अबधिभर ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले विद्यार्थीहरुका लागि आकर्षक पुरस्कारको पनि ब्यबस्था गरेको थियो ।
आजको शैक्षिक मेलामा ७० जना भन्दाबढि विद्यार्थीहरुको सहभागिता रहेको कर्नर चितवन शाखाका व्यबस्थापक अजुन थापाले बताउनुभयो ।
लामो समयदेखी शैक्षिक क्षेत्रमा आबद्धता जनाउदै र बिद्यार्थी बिश्वास जित्दै आएको ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेलाको आयोजना गरेको हो ।








