२ फाल्गुन २०७९, मंगलवार ०७:५५
काठमाडौं ,फागुन २
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती पनि देशभर मौसम सामान्यतया सफा रहने छ ।
देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन।
तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने छ ।





