३ फाल्गुन २०७९, बुधबार १७:५५
काठमाडौं ,फागुन ३
आज बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
निराशाजनक मौद्रिक नीतिका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन ।
यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि जारी रह्यो । बुधबार १३ अंकले ओरालो लागेको बजारमा अरु दिनको तुलनामा कारोवार रकम पनि घटेको छ ।





