५ फाल्गुन २०७९, शुक्रबार ०९:४५
काठमाडौं ,फागुन ५
पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ ९७ पैसा र डिजलमा ६ रुपैयाँ ४० पैसा घटेको निगमले जनाएको हो ।
यसअघि मूल्य बढेर आएसंगै निगमले पेट्रोल र डिजलको मूल्य बढाएको थियो । यस अघि घाटामा रहेको निगम नयाँ मूल्यसूचीपछि नाफामा जाने देखिएको छ ।
आईओसीले निगमलाई हरेक १५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ ।





