काठमाडौं ,फागुन ५
राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, २०७४ संशोधन प्रस्तावमा व्यक्तिगत बचतमा सीमा तोक्ने दफा खारेज गर्न माग गरेको छ ।
महासंघले हिजो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सम्पती शुद्धीकरणसँग सम्बन्धित ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सहकारी ऐन, २०७४ मा संशोधन प्रश्तावमा व्यक्तिगत वचतको सीमा तोक्ने दफा खारेज गर्न माग गरेको हो ।
महासंघले सहकारीमा व्यक्तिगत वचतमा सीमा तोक्दा सहकारी अभियानलाई संकुचन ल्याउन खोजेको भन्दै बिरोध जनाएको छ ।
महासंघले सरकारले सहकारी ऐन संशोधन गरी व्यक्तिगत वचतमा सीमा तोक्नु सहकारी अभियानलाई सङ्कुचित बनाउन खोजेको भन्दै उक्त प्रश्तावित दफालाई हटाउन सरकारसँग माग गरेको छ । महासंघ अध्यक्ष मिनराज कँडेलले ७३ लाखभन्दा बढी आमनागरिक आवद्ध भएको र ७ खर्बभन्दा बढी पुँजी परिचालन भएको क्षेत्रलाई नै खुम्चाउने गरी कुनै कार्य नगर्न सरकारसँग आग्रह गर्नुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सम्पती शुद्धीकरणसँग जोडेर एक व्यक्तिले २५ लाख भन्दा बढी सहकारीमा निक्षेप जम्मा गर्न नपाउने भन्ने विषयमा आपत्ति रहेको बताउनुभयो ।





