८ फाल्गुन २०७९, सोमबार १०:३१
काठमाडौं ,फागुन ८
जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा जारी कार्यकारिणी समितिको बैठकले चैतको २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायत विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बसेको हो।
बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिनुभएको छ ।





