चितवन , फागुन ९
यहि फागुन १३ गते शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा हुने स्वास्थ्य शिविरमा वरिष्ठ आयुर्वेद फिजिसिएन डा. विनय कुमारद्वारा पेट सम्बन्धी र मलद्वारको रोगहरु जस्तै पायल्स , फिस्टुला , फिसर , आदिको जाँच गरिनेछ। स्वास्थ्य शिविरमा सम्पुर्ण रोगहरुको आयुर्वेदिक उपचार आयुर्वेदिक बिधिले गरिने क्षार सुत्र पन्चकर्म अग्निकर्म अपरेसन आदिको बारेमा जानकारी गराइनेछ।
डा. विनय कुमार बिगत १६ बर्ष देखि चितवनमा आयुर्वेद प्रेक्टिस गर्दै आउनु भएको छ। वहाँ वरिष्ठ आयुर्वेद फिजिसिएन हुनु हुन्छ।
शिबिरमा आउने सम्पुर्ण बिरामिहरुलाइ निशुल्क स्वास्थ परामर्श साथै ल्याब र अप्रेसनमा छुटको ब्यवस्था समेत गरिएको जनाईएको छ ।





