९ फाल्गुन २०७९, मंगलवार १०:५८
काठमाडौं ,फागुन ९
औपचारिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौंडा जान लाग्नु भएको छ।
आज भण्डारी मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ।
राष्ट्रपति भण्डारी १२ बजे हेलिकोप्टरमा हेटौंडा जाने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः काठमाडौं फर्किने जनाईएको छ ।





