१२ फाल्गुन २०७९, शुक्रबार ०८:२१
काठमाडौं ,फागुन १२
आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा एउटा मात्रै कार्यसूची छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि मात्रै रहेको संसद सचिवालयले जनाएको छ।





