१२ फाल्गुन २०७९, शुक्रबार ०८:२९
काठमाडाैं , फागुन १२
सरकारले शनिबार बाहेकका सार्वजनिक बिदाका दिन सरकारी कार्यालय खोल्ने तयरी गरेको छ।
बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्काे बैठकले यस्ताे तयारी गरेकाे हाे ।
बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाहमा प्रभाव परेको भन्दै बैठकमा बिदाकाे बारेमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताउनुभयो ।





