१३ फाल्गुन २०७९, शनिबार ०७:५६
काठमाडौं ,फागुन १३
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज शनिवार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने भएका कारण कांग्रेसले कार्यसम्पादन समितिको बैठकमार्फत उम्मेदवारको टुगो लगाउन लागेको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन सूचित गरिएको जनाईएको छ।





