चितवन , फागुन १४
हिजो शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा गरिएको पेट तथा मलद्वार सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य बिरामीहरुको सहभागिता रहेको थियो ।
स्वस्थ्य शिबिरमा ५५ जना बिरामीहरुले स्वस्थ्य लाभ लिनु भएको थियो । ५५ जना बिरामी मध्ये ३५ जना पायल्स , फिस्टुला र पेटरोगको हो भने २० जना अन्य रोग जस्तै छाला रोग, महिनावारी गडबडी तथा नशाका बिरामीहरुले स्वस्थ्य लाभ लिनु भएको हो ।
स्वास्थ्य शिविर कार्यक्रममा दैनिकी खानपिनको गडबडी साथै शारीरिक ब्यायामको कमिले गर्दा पेट तथा मलद्वारका बिरामिहरु बढदै गईरहेको जानकारी दिईएको थियो ।
क्लिनिकको तर्फबाट वरिष्ठ आयुर्वेद फिजिसिएन डा. विनय कुमारले बिरामीहरुको चेक जाँच गर्नु भएको हो । बिरामीहरुलाई नि:शुल्क औषधिको ब्यवस्था समेत गरिएको थियो।
कार्यक्रममा RAAN अध्यक्ष कृष्ण बुढाथोकिले अगामी दिनमा बृहत रुपमा आयुर्वेद क्षेत्रको बिकास र बिस्तार गर्ने योजना रहेको बताउनु भयो। सचिव लक्ष्मण जि सि को सकृयतामा कार्यक्रमको समिक्षा गरिनुको साथै आगामी कार्य योजना बनाउन निर्देशन दिनुभयो । कार्यक्रममा RAAN चितवन जिल्ला कार्यसमितिका सम्पुर्ण सदस्यहरुको सकृय सहभागिता , सहकार्य रहेको थियो ।







