१४ फाल्गुन २०७९, आईतवार १०:४०
काठमाडौं ,फागुन १४
आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।
हिजो शनिबार जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेको समेत उहाँले जानकारी गराउनुभयाे । सत्ता गठबन्धनले मधेश प्रदेशमा कुनै समस्या नआउने अध्यक्ष यादवले बताउनुभयो ।
उहाँले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन, अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दावी गर्नुभयो ।





