१५ फाल्गुन २०७९, सोमबार ०७:३०
काठमाडौं ,फागुन १५
अल्पविकसित मुलुकहरको पाँचौं सम्मेलनका लागि तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहा भ्रमण रद्द गरिएको छ।
फागुन १९ गते उहाँ कतार जाने कार्यक्रम थियो। तर राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनुका साथै अन्य राजनीतिक कार्यक्रमहरुसमेत रहेकाले भ्रमण रद्द गरिएको हो।
फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलन हुँदै छ। प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भई यही फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम तय भएको थियो ।





