१५ फाल्गुन २०७९, सोमबार ०८:००
काठमाडौं , फागुन १५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ। वर्तमान राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रपतिको निर्वाचनमा रास्वपा कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन। केन्द्रीय समिति बैठकमा रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ।





