१६ फाल्गुन २०७९, मंगलवार १७:२७
काठमाडौं ,फागुन १६
थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो ।
नेकपा (एमाले)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आठ मन्त्रालय खाली छन् ।





