१७ फाल्गुन २०७९, बुधबार ०७:३०
काठमाडौं ,फागुन १७
चितवनको निर्वाचन क्षेत्र-२ को उपनिर्वाचनका लागि १८ वटा दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार हिजो (मंगलबार) अन्तिम समयसम्म १८ दल दर्ता गरिएको हो। आयोगले उम्मेदवार मनोनयन दर्ताको समय चैत ३० गते तोकेको छ।
हाल मतदाता नामावली अद्यावधिक भइरहेको र आयोगले उपचुनावका लागि आवश्यक तयारी गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि आयोगसँग यसअघि भएकै सामाग्री पर्याप्त हुने भएकाले नयाँ सामानको प्रबन्ध नगरिएको उहाँले बताउनुभयो ।
मतपत्र छपाइ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि शुरु गरिनेछ। वैशाख १० गते त्यहाँ मतदान गराउने आयोगको कार्यक्रम छ।
यी दलले गराए दर्ता–






