१८ फाल्गुन २०७९, बिहीबार १८:३०
काठमाडौं ,फागुन १८
राष्ट्रपतिमा पौडेललाई निर्वाचित गर्दा विगतमा जस्तो संविधान च्यात्ने जोखिम नहुने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।
सभापति देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका नमिठो अनुभूति दिलाएको भन्दै अब पौडेल राष्ट्रपति भएपछि त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो ।
संघीय सांसदलाई अभिमुखीकरण गर्न कांग्रेसले गरेको कार्यक्रममा सभापति देउवाले राष्ट्रपतिका उम्मेदवार पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सम्पूर्ण जीवन संघर्षमै बिताएको तर्क गर्नुभयो ।
अहिले राष्ट्रपतिका लागि पौडेल सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार भएको भन्दै उहाँको प्रशंसा गर्नुभयो ।





