१९ फाल्गुन २०७९, शुक्रबार २३:३४
काठमाडौं ,फागुन १९
बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको हाे ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयास भइरहेकाे छ ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुन सक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताउनुभयो ।





