२० फाल्गुन २०७९, शनिबार ०८:११
काठमाडौं ,फागुन २०
आज शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तीन खेल हुँदैछन् ।
शुक्रबारबाट सुरू भएको लिगको उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटारले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा खेलमा फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै खुमलटारले सुखद सुरुवात गरेको हो ।





