२१ फाल्गुन २०७९, आईतवार ०९:१९
काठमाडौं ,फागुन २१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गर्नुभएको हो । विश्वासको मतका लागि उहाँले शुक्रबार साँझ सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराउनुभएको थियो ।
यसअघि गठबन्धनबाट नेकपा (एमाले) का राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तोकिएको समयमा रावलले विश्वासको मत नपाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । शाहले पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।





