२१ फाल्गुन २०७९, आईतवार २१:१५
काठमाडौं ,फागुन २१
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।
जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।





