२४ फाल्गुन २०७९, बुधबार १८:४७
काठमाडौं ,फागुन २४
राष्ट्रिय प्रजातन्त्र पार्टी भोलि हुँने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
आज बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै पार्टी प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राप्रपा राष्ट्रपति चुनावमा तटस्थ बस्ने बताउनुभएको छ ।
‘निर्वाचन आचारसंहिता लागेकाले आजको बैठकबाट आधिकारिक निर्णय नगरे पनि राप्रपा निर्वाचनमा भाग लिँदैन, तटस्थ बस्छ।’ उहाँले भन्नुभयो ।
भोलि फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवाष नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।





