२६ फाल्गुन २०७९, शुक्रबार ०७:२१
काठमाडौं ,फागुन २६
आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हिजो (बिहीबार) पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो ।





