२७ फाल्गुन २०७९, शनिबार ०७:१९
काठमाडौं ,फागुन २७
आज (शनिबार) नेकपा एमालेले सचिवालय बैठक बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ९ बजे बैठक बोलाइएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल हुनेछ।
शनिबार नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ।





