२७ फाल्गुन २०७९, शनिबार ०८:०२
काठमाडौं ,फागुन २७
आज (शनिबार) उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेका लागि बोलाइएको छ।
जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउँदै गर्दा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवारबारे विवाद हुने देखिएपछि बैठक बसी सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन लागिएको हो। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते तय भएको छ।
आज उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ।





