२७ फाल्गुन २०७९, शनिबार १७:०९
काठमाडौं ,फागुन २७
आज (शनिवार) नेपालमा कोभिड १९ का ७ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यही समयमा ३ हजार ९८६ जनाले कोभिडविरुद्धको खोप समेत लगाएका छन्। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ।
शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो।





