२८ फाल्गुन २०७९, आईतवार ०८:०१
काठमाडौं , फागुन २८
उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ।
आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।
यसअघि उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो।
उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुनेछ। मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।





