साप्ताहिक राशिफल-WEEKLY RASHIFAL
मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ ।सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी बाट उचित सहयोग मिल्नेछ । मंगलबार र बुधबार भने कमजोर दिन रहेका छन् । पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थीले पढाईमा ध्यान दिनु आवश्यक छ ।
बृष – TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा सकारात्मक अवस्था रहनेछ ।साता शुभ रहेको छ । बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन् । साताको मध्यभाग तिर केहि उतार चढाव आउन सक्नेछ । तर पनि साताको अन्त्यतिर भने आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ । बिहिबार र शुक्रबार कमजोर दिन रहेका छन् ।
मिथुन- GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साता शुभ रहेको छ । तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमताको कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ । नोकरी गर्ने हरुका लागि पनि शुभ समय रहने देखिन्छ । त्यसैगरि धनको बचत हुनेछ । विद्यार्थीको पढाईका लागि यो उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।
कर्कट – CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साता मिश्रित रहने देखिन्छ । पारिवारिक समस्या, अनावश्यक झण्झट एवं कार्यमा वाधा आउन सक्नेछ । तर मंगलबार देखि भने अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाईसँग रमाईला पलहरु व्यतित हुनेछन् । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । पारिवारिक जीवन सुखद रहने छ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । एक आपसमा विश्वास बढ्नेछ भने आपसी समझदारी कायम रहनेछ । अध्ययन कार्यमा मन जानेछ ।
सिंह – LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन् । नोकरी गर्नेहरुका लागि पनि सकारात्मक रहनेछ । विद्यार्थीको पढाई सकारात्मक रहनेछ मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्। नोकरी गर्नेहरुका लागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ ।
कन्या – VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साता शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुने हुनाले तपाई बोलीको प्रभाव बढ्ने छ । सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढनाले महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । आफ्ना दाजुभाईको सहयोगबाट व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु देखिएका छन्। परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
तुला – LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साता शुभ रहेको छ । साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्नेछ । मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ । त्यसैगरि आत्मविश्वास उच्च हुनेछ भने तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट उचित मुनामा आर्जन हुनेछ । नोकरीमा तपाईको कार्यको उचित कदर हुनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ । अप्ठ्यारो अवस्थामा परिवार को साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ ।
वृश्चिक – SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आइतबार र सोमबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। मंगलबार र बुधवार तपाईका लागि विशेष दिन रहेका छन। यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थी वर्गका लागि साता उत्तम रहेको छ ।
धनु – SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आइतबार र सोमबार व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने चन्द्रमाको गोचर प्रथम भावमा रहने हुनाले दिनहरु शुभ रहनेछन् । विद्यार्थीका लागि सकारात्मक समय रहनेछ । परिवारमा मेलमिलाप कायम हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ ।
मकर- CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ । सामाजिक कार्यमा सरिक भइनेछ । आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ । बिहिबार र शुक्रबार भने खर्च बढ्न सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने, अनावश्यक विवादमा फस्न सकिने रहेकाले ध्यान दिनुपर्ने रहेको छ। प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ ।
कुम्भ – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो साता विशेष गरि व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत साथ र सहयोग प्राप्त हुने देखिन्छ । व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ । मनमा जाँगर र उत्साह कायम रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक ईज्जत र प्रतिष्ठा बढ्नेछ । प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ । जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ । विद्यार्थीको पढाई पनि यो साता राम्रो रहनेछ ।
मीन – PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्नेछ । आफ्ना बिरोधीहरुले समस्या उत्त्पन्न गर्न सक्छन् । व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछ । मंगलबार देखि भने दिनहरु शुभ रहनेछन् । धेरै समय रोकिएका कामहरु बन्नेछन्। प्रेम जीवन सुखद् रहनेछ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन्। प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्र राम्रो भएर अगाडि बढ्नेछ। राम्रो आर्थिक लाभको अवसरहरु पनि प्राप्त हुनेछन्।





