२९ फाल्गुन २०७९, सोमबार ०९:००
काठमाडौं ,फागुन २९
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ ।
साेमबार दिउँसाे १ बजे पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुने भएकाे हाे । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुपर्ने व्यवस्था रहेकाे छ ।
अहिले मुलुकमा प्रधनन्यायाधिश पद रिक्त रहेकाले कायम मुकायम प्रधनन्यायाधिश कार्कीले सपथ गराउनु हुने भएकाे हाे । राष्ट्रपति कार्यालयले पौडेलको शपथका लागि साेमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्दैछ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यहि फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।





