३ चैत्र २०७९, शुक्रबार ०९:५२
काठमाडौं, चैत्र ३
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि बिहीबार रातिदेखि १२ बजेदेखि मौन अवधि सुरू भएको छ ।
स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू भएको हो ।
निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरूप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।
उम्मेदवारहरूले मौन अवधि सुरु भएपछि कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन ।
स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ ।





