४ चैत्र २०७९, शनिबार १८:३६
काठमाडौं, चैत्र ४
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै चैत ५ गते बिहान १०ः३० बजेका लागि बैठक बोलाएको जानकारी दिनुभयो । बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको छ।
बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समीक्षा, प्रधानमन्त्रीले लिने विश्वासको मत र सरकारमा सहभागितका विषयमा छलफल हुने बताइएकाे छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।





