६ चैत्र २०७९, सोमबार ०८:००
काठमाडौं, चैत्र ६
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथग्रहण आज हुँदैछ।
यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ ।
चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित हुनुभएको हो । उहाँले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत प्राप्त गनुभएको थियो ।





