काठमाडौं, चैत्र ८
नेपाल भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आजदेखि सुरु हुँदैछ। चैत १७ गतेसम्म हुने खेलको उद्घाटनमा आज साँझ साढे पाँच बजे आयोजक नेपाल र लाओस भिड्दैछन्।
दशरथ रंगशालामा हुने खेलमा छोटो समयको तयारी चुनौतीपूर्ण भएको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले बताउनुभएको छ ।
उहाँले छोटो समयलाई स्वीकारेर घरेलु मैदानमा आयोजना हुन फुटबल प्रतियोगिता खेल्ने बताउनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार गरेको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरणले छोटो समयमा तयारी भएको र चुनौतीपूर्ण रहेको बताउनुभएको हो ।
भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडी सबै फिट रहेको र लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिनुभयो । कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भए पनि एक–अर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताउनुभयो ।





