९ चैत्र २०७९, बिहीबार ०६:५५
काठमाडौं, चैत्र ९
यू–१७ महिला साफ च्याम्पियनमा नेपालले भुटानलाई ५–० ले हराएको छ।
वर्षा ओली र सेनु परियारले समान दुई गोल गरेको खेलमा नेपाली युवा टोलीले बुधबार नेपालले भुटानमाथि सहज जित दर्ता गरेको हो।
जितपछि नेपालले प्रतियोगितामा दुई खेलबाट तीन अंक जोडेको छ। नेपाल चौथो स्थानमा छ। समान खेलबाट तीन अंक नै जोडेको बंगलादेश तेस्रो स्थानमा छ। एक खेल खेलेर समान तीन खेल जोडेका भारत र रुस क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। दुई खेल खेलेको भुटान भने अंकबिहीन छ।





