१० चैत्र २०७९, शुक्रबार ०७:२६
काठमाडौं, चैत्र १०
एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा चीन, म्यानमार र चाइनिज ताइपेईसँगै नेपाल परेको एएफसीले जनाएको छ ।
हिजो बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको छनोट ड्र’ अनुसार गरिएको हो । छनोटको दोस्रो चरण आउँदो जुन ३ देखि ११ तारिखसम्म हुनेछ ।
नेपाल समूहको शीर्ष दुईमा अटाउन सके सन् २०२४ मा हुने एएफसी यू–२० महिला एसिया कपमा छनोट हुनेछ । एएफसी यू–२० महिला एसिया कप उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने तालिका छ ।
यसअघि, प्यालेस्टाइनमा भएको छनोटको पहिलो चरणमा नेपालले घरेलु टिम प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्डलाई समान ६–० ले पराजित गरेको थियो ।





