१३ चैत्र २०७९, सोमबार २०:२१
काठमाडौं, चैत्र १३
सोमबार देशभर ६९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा गरिएको १ हजार २६६ जनाको नमूना परीक्षणमा ६९ जनामा कोरोाना संकमण पुष्टि भएको छ।
योसँगै हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६६ पुगेको छ। आज एकजना संक्रमणमुक्त भएका छन्।
आइतबार मात्रै १६ जनामा संक्रमण भएको थियो। छिमेकी भारतमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। शून्यमा झरेको नेपालको कोरोना संक्रमण पछिल्ला दिन पुनः बढ्न थालेको छ।





