१४ चैत्र २०७९, मंगलवार ०७:४०
काठमाडौँ, चैत्र १४
आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बसन लागेको हो । बैठक अपराह्न ४ बजे बस्नेछ ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको शीर्ष नेताहरूबीचको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





