१६ चैत्र २०७९, बिहीबार १४:१९
काठमाडौं, चैत्र १६
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
बुधबार प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३ सय रूपैयाँले घटेर एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार १० रूपैयाँले बढेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।





