१६ चैत्र २०७९, बिहीबार १५:१५
काठमाडौं, चैत्र १६
भोलि शुक्रबारदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुने भएकाे छ ।
यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे । परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्। एसईईकाे परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएकाे छ।
पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुने भएकाे छ।





