१६ चैत्र २०७९, बिहीबार १७:४१
काठमाडौं, चैत्र १६
स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नुभएकाे छ ।
वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे हाे।
स्टाटस लेख्दै उहाँले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गर्नुभएकाे छ ।
आफ्नो ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टी छोडेको वाग्लेले फेसबुकमा लेख्नु भएकाे छ।





