काठमाडौं, चैत्र १८
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार सूचना जारी गरी आइतबार बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिर्नुभयो ।
सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो। बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ। मन्त्री बन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ। आठ मन्त्रालय भाग पाएको कांग्रेसले विवादकै कारण चार जना मात्रै सरकारमा पठाएको छ।
आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन। इतर समूह तीन मन्त्रालय पाउनुपर्ने अडानमा छ। तर सभापति शेरबहादुर देउवा इतर समूहलाई दुई मन्त्रालय मात्रै दिने पक्षमा छन्।





