२२ चैत्र २०७९, बुधबार ०७:५८
जनकपुरधाम, चैत्र २२
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै नेकपा एमालेले मधेश प्रदेश सरकार पनि छाडेको छ।
एमालेका मन्त्रीहरूले मंगलबार संयुक्त रुपमा दिएका राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको छ। मधेश सरकारमा एमालेका ४ मन्त्री र १ राज्यमन्त्रीसहित ५ जना सहभागी थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग मुख्यमन्त्री यादवले केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरूले राजीनामा बुझाएको बताउनुभयो ।





