२५ चैत्र २०७९, शनिबार १०:४०
काठमाडौं, चैत्र २५
अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटमा नेपालले आज भियतनामसँग खेल्दैछ ।
महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले घरेलु मैदानमा भियतनामसँग खेल्न लागेकाे हाे । नेपाल र भियतनामबीचकाे खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।
यसअघि दशरथ रंगशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले पराजित गरेको थियो ।
छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
शनिबार हुने खेलमा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । भियतनाम भने नेपाललाई हराएर दोस्रो चरणमा पुग्न चाहन्छ ।





