२५ चैत्र २०७९, शनिबार १८:५८
काठमाडाैं, चैत्र २५
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशकाे अर्थतन्त्र खराब रहेकाे बताउनुभएकाे छ ।
शनिबार सुर्खेतमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री खड्काले कर्मचारीहरूलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताउनुभयाे ।
देशको अर्थतन्त्र ऋणात्मक रहेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘मुलुकको अर्थतन्त्र ऋणात्मक छ, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिएर खुवाएको पेचिलो अवस्था छ ।’ देशकाे अर्थतन्त्रलाई सम्बाेधन गर्नेगरी सरकारकाे नीति तथा कार्यक्रम ल्याइने पनि उपप्रधानमन्त्री खड्काले बताउनुभयाे ।
उहाँले कर्णाली करिडोरलाई राष्ट्रिय योजनाका रूपमा अगाडि बढाउने प्रयास भइरहेको पनि बताउनुभयाे ।





