१ बैशाख २०८०, शुक्रबार ०८:१७
काठमाडौं, बैशाख १
व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक होउन् भन्ने उद्देश्यले सरकारले आजदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि सात गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन हुने जनाएको छ। विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ताका लागि जनचेतनामूलक कार्यक्रम गर्न अनुरोध गरेको छ।
घटना भएको ३५ दिनभित्र दर्ता गराउँदा पैसा नलाग्ने विभागले जनाएको छ। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ।





