१ बैशाख २०८०, शुक्रबार ०८:४३
काठमाडौँ, बैशाख १
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी बनाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीको स्थापना र विकास गर्न नयाँ वर्षमा सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
कामु प्रधानन्यायाधीश कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा विक्रम संवत् २०८० को प्रारम्भ अर्थात् नववर्षको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उक्त कामना गर्नुभएको हो ।





